आइतबार १७ जेठ, २०८३

नेपाली समय

राष्ट्रिय बाल पैरवी परिषद्को सदस्यता फारम २०८२

राष्ट्रिय बाल पैरवी परिषद्को सदस्यता फारम २०८२

  • राष्ट्रिय बाल पैरवी परिषद् गठन

बालबालिकाको नागरिक अधिकार तथा स्वतन्त्रताको अधिकारको प्रभावकारी उपयोग गर्दै राज्यका निकायहरुमा बालबालिकाका सरोकारहरुलाई बहस, पैरवी गर्न तथा राज्यका विभिन्न तह र निकायबाट हुने बालबालिका सम्बन्धी निर्णयहरुमा सचेत र स्वतन्त्र ढंगले विचार अभिव्यक्त गर्न संगठित, व्यवस्थित र प्रतिनिधिमुलक रुपमा बाल पैरवीकर्ताहरुको मञ्चको विकास तथा सहजीकरण गर्न आवश्यक भएकोले राष्ट्रिय बाल पैरवी परिषद् गठन गरिएको हो 

नेपालको संविधान २०७२ को धारा ३९ (३) ले बालसहभागितालाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ। साथै, बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा १० को उपदफा १ ले "प्रत्येक बालबालिकालाई बालअधिकारको प्रवर्ध्दन तथा बालसंरक्षणको लागि बालक्लब वा संस्था खोल्ने वा शान्तिपूर्वक भेला हुने अधिकार हुनेछ" भन्ने व्यवस्था गरेको छ । यसै सन्दर्भमा राष्ट्रिय बाल पैरवी परिषदको स्थापना अर्थपूर्ण र सहभागीमुलक बाल सहभागिताका लागि परिकल्पना गरी स्थापना भएको संस्था हो।

राष्ट्रिय बाल पैरवी परिषद् सदस्यको समयअवधि दुई वर्षको हुनेछ । यदि तपाई यस समुहमा आवद्ध हुन इच्छुक हुनुहुन्छ भने २०८२ चैत्र १० गते भित्र भने तल दिईएको फारम भर्नुहुन अनुरोध गर्दछौ । राष्ट्रिय बाल पैरवी परिषद सञ्चालन निर्देशिका अनुसार यस संस्थामा आवद्ध हुन १८ वर्ष पुरा नभएको हुनुपर्दछ ।