मंगलबार २४ असार, २०८२

नेपाली समय

नागरिक एपमा बाल हेल्पलाइन सेवा थप गर्दै सरकार

नागरिक एपमा बाल हेल्पलाइन सेवा थप गर्दै सरकार

सरकारले नागरिक एपमा बालबालिकासँग सम्बन्धित गुनासो, सुझाव तथा सहयोगका लागि बाल हेल्पलाइन सेवा थप गर्ने निर्णय गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो जानकारी दिनुभयो।

राष्ट्रपतिले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भन्नु भयाे, “बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिनेछ।”

यस सेवा मार्फत बालबालिकाको हक अधिकारको संरक्षण, उनीहरू विरुद्ध हुने हिंसा, शोषण तथा दुर्व्यवहारको विरुद्धमा छिटो प्रतिक्रिया जनाउन सकिने अपेक्षा गरिएको छ। नागरिक एपमा बाल हेल्पलाइन समावेश गरिँदा बालमैत्री सूचना प्रवाह, सहयोग र प्रतिवेदन प्रणालीलाई एकीकृत बनाउन मद्दत पुग्ने सरकारको विश्वास छ।