शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

१४ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क क्यान्सर उपचार सेवा

१४ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क क्यान्सर उपचार सेवा

सरकारले पाठेघर क्यान्सर, टिभीको खोप र १४ वर्ष मुनिका बालबालिकालाई निस्शुल्क क्यान्सर रोग उपचार सेवा उपलब्ध गराउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो बताउनुभएको छ । क्यान्सर तथा मृगौला प्रत्यारोपणको सेवा प्रादेशिक स्तरमा विस्तार गरिने समेत उल्लेख गरिएको छ। 

मस्तिष्क, मेरूदण्ड, मानसिक र स्नायु रोग उपचारको लागि काठमाडौंमा अत्याधुनिक राष्ट्रिय न्यूरो साइन्स केन्द्र स्थापना समेत गर्ने सरकारको योजना छ।