शुक्रबार ०९ जेठ, २०८२

नेपाली समय

सेन्ट्रल कलेजको १७औं वार्षिकोत्सवमा चेपाङ बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग

सेन्ट्रल कलेजको १७औं वार्षिकोत्सवमा चेपाङ बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग

चितवनस्थित सेन्ट्रल कलेज र कलेज सञ्चालक यज्ञ विलास पौडेलको नेतृत्वमा संचालित वाइबी फाउण्डेशनले १७औं वार्षिकोत्सवको अवसरमा चेपाङ बालबालिकालाई खाद्यान्न र स्टेशनरी सामग्री सहयोग गरेको छ।

उक्त सहयोग कालिका नगरपालिका–१० स्थित सिद्धी छात्रावासमा आश्रित ६९ जना चेपाङ बालबालिकाका लागि प्रदान गरिएको हो। छात्रावासमा आयोजित एक औपचारिक समारोह बीच सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास पौडेल ९वाईबी० ले छात्रावास सञ्चालक भरत चेपाङलाई करिब ५० हजार रुपैयाँ बराबरको खाद्यान्न र स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभएको हो।

सो अवसरमा पौडेलले भन्नुभयो “शिक्षाको उज्यालो खोज्दै छात्रावासमा बसेर अध्ययन गरिरहेका चेपाङ बालबालिकाको साथ दिन पाउँदा हामी गर्वित छौं। सेन्ट्रल कलेजले विगतदेखि नै चेपाङ समुदायका पर्व, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा निरन्तर साथ दिँदै आएको छ। केही युवालाई रोजगारीको अवसर समेत प्रदान गरिएको छ।”

कार्यक्रममा बोल्दै छात्रावास सञ्चालक भरत चेपाङले भन्नुभयो, “पुख्र्यौली सम्पत्ति बेचेर यस छात्रावास सञ्चालनमा ल्याएका हौं। आर्थिक अभाव र भौगोलिक विकटताका कारण शिक्षाबाट बञ्चित चेपाङ बालबालिकालाई आवासीय सुविधा सहित अध्ययनको अवसर दिइरहेका छौं।”

उनले सेन्ट्रल कलेजको सहयोगप्रति आभार व्यक्त गर्दै, “कलेजले खेलकुद, शिक्षा र सामाजिक क्षेत्रमा समेत योगदान पुर्‍याउँदै आएको छ। यस्ता सहयोगले हामीलाई थप हौसला मिलेको छ,” भन्ने प्रतिक्रिया दिनुभयो।

छात्रावासमा हाल रहेका ८९ जना बालबालिकाको लागि छात्रावासलाई वार्षिक १० लाख रुपैयाँ बराबरको खाद्यान्न आवश्यक पर्छ। उनले अन्य सहयोगी मनहरूलाई पनि सहयोग गर्न आह्वान गर्नुभयो।