सोमबार २३ असार, २०८२

नेपाली समय

अमेरिकाको टेक्सासमा बाढीले १३ जनाको ज्यान गयो, २० बालबालिका बेपत्ता

अमेरिकाको टेक्सासमा बाढीले १३ जनाको ज्यान गयो, २० बालबालिका बेपत्ता

अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ भने २० जना बालबालिका बेपत्ता भएका छन्।

प्रशासनका अनुसार उद्धार कार्य तीव्र रूपमा जारी छ। टेक्सासका उपराज्यपाल डान प्याट्रिकले बाढी प्रभावित क्षेत्रमा व्यापक खोज तथा उद्धार अभियान चलिरहेको जानकारी दिएका छन्। उनका अनुसार खोजीका लागि हेलिकप्टरसहित नौवटा टोली परिचालन गरिएको छ।

प्याट्रिकले मृत्यु संख्या अझ बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। साथै, सडकमा पानी जमेकाले उद्धार कार्यमा ढिलाइ भएको बताइएको छ।

बीबीसीका अनुसार अमेरिकाको मौसम विभागले पश्चिमी टेक्सासमा आगामी केही घण्टामा बाढीको अवस्था अझ भयावह बन्न सक्ने चेतावनी दिएको छ।