आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङमा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएका थिए ।
कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।
गतएक वर्षका अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक र १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।
सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।