शुक्रबार ०६ भदौ, २०८२

नेपाली समय

त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सुरु, ६० विद्यालयका चार सय विद्यार्थी सहभागी

त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता सुरु, ६० विद्यालयका चार सय विद्यार्थी सहभागी

त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आज आइतबारबाट सुरु भएको छ।

स्विस लिग प्रणालीमा सञ्चालन हुने दुईदिने यस प्रतियोगितामा काठमाडौँ उपत्यकाका ६० विद्यालयका करिब ४ सय विद्यार्थी सहभागी छन्। आज सम्पन्न प्रारम्भिक चरणका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष २० स्थानका विद्यार्थीहरूले भोलि सोमबार अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिता चार वर्गमा विभाजन गरिएको छ – तीन कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६ र ७ तथा कक्षा ८ देखि १० सम्म। हरेक समूहमा छात्र र छात्राको छुट्टाछुट्टै प्रतिस्पर्धा सञ्चालन गरिएको छ।

विद्यालयका अनुसार बौद्धिक क्षमताको विकास र आपसी मित्रता सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।