शुक्रबार ०६ भदौ, २०८२

नेपाली समय

१२ कक्षाको नतिजा सार्वजनिक, अघिल्लो वर्षभन्दा ९ प्रतिशतले वृद्धि

१२ कक्षाको नतिजा सार्वजनिक, अघिल्लो वर्षभन्दा ९ प्रतिशतले वृद्धि


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो।

बोर्डको वार्षिक कार्यतालिका अनुसार साउन १५ भित्र नतिजा प्रकाशित हुनुपर्ने भए पनि गत २० चैतदेखि शुरू भएको शिक्षक आन्दोलनका कारण २९ दिनसम्म परीक्षा मूल्याङ्कन प्रभावित हुँदा नतिजा सार्वजनिकमा ढिलाइ भएको हो।

यस वर्ष कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि भएको छ। बोर्डका अध्यक्ष महाश्रम अधिकारीले विद्यार्थीहरूको मिहिनेत, शिक्षकहरूको योगदान र अभिभावकहरूको सक्रियताका कारण नतिजामा सुधार आएको बताउनुभयो।

यस वर्ष कक्षा १२ को परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी भएका थिए।

त्यस्तै, ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने जानकारी समेत बोर्डले दिएको छ।