रोटरी क्लब अफ डिल्लीबजार काठमाडौँले नयाँ नैकाप स्थित मंगल माध्यमिक विद्यालयलाई नयाँ फर्निचर हस्तान्तरण गरेको छ । बालबालिकाहरुका लागि बालमैत्री शिक्षण सिकाई कार्यलाई सहज बनाउनका सहयोग गर्ने उद्देश्यका साथ फर्निचर हस्तान्तरण गरिएको हो । करिब दुई लाख पचास हजार रुपियाँ बराबरको डेस्क र बेन्च विद्यालयलाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रम रोटरी क्लब डिल्लीबजार काठमाडौंका प्रेसिडेन्ट प्रेमकुमार वलीको अध्यक्षता एबम चन्द्रागिरी नगरपालिका वडा नं। १४ का वडा अध्यक्ष राजभाइ महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोटरी क्लब डिल्लीबजारका पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, सेक्रेटरी सन्ध्या राजभण्डारी, फर्निचरका सौजन्यकर्ता भेप्स ग्लोबलका प्रोपराइटर ममिसा अधिकारी, सहजकर्ता भिडिएसका प्रोपराइटर सुरज काफ्ले लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णहरि कार्कीले स्वागत मन्तव्यका साथै विद्यालयका गतिविधि र हालको विद्यालयको अवस्थामाथि जानकारी गराउनु भएको थियो । रोटरी क्लब डिल्लीबजारले नियमित रुपमा विभिन्न सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधारका लागि काम गरिरहेको छ । यस अघि पनि सोलुखुम्वु, बाँके, जाजरकोट, झापा लगायतका जिल्लाहरुमा विद्यालयको समग्र शिक्षाको सुधारका लागि विभिन्न खालका परियोजनाहरु तथा कार्यक्रमहरु संचालन गरिएका थिए । आगामी दिनमा पनि निरन्तर रुपमा आवश्यक स्रोत जुटाएर शैक्षिक विकासका लागि पहल गर्ने योजना रहेको क्लबका अध्यक्ष प्रेम वलीले बताउनु थियो । रोटरी क्लब अफ डिल्लीबजारको पहलमा चन्द्रागिरी नगरपालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा नर्सहरूका लागि स्वास्थ्य अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । २०८२ साउन २० गते सम्पन्न अभिमुखीकरण कार्यक्रम रोटरी उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरूको दृष्टि जाँच पनि गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रमबाट विद्यालय र समुदायमा बालबालिकाहरुमा हुन सक्ने आँखासँग सम्वन्धित समस्या समयमै पत्ता लगाउन स्थानीय शिक्षक र स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख श्री घनश्याम गिरी रहनु भयो। कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ डिल्लिबजार, काठमाडौंका अध्यक्ष रोटेरियन प्रेम कुमार ओलीले गर्नुभयो। विशेष अतिथि नगर उपप्रमुख श्रीमती बसन्ती श्रेष्ठ हुनुहुन्थ्यो। सो अवसरमा वरिष्ठ नगरपालिका अधिकारीहरू, पूर्व अध्यक्षहरू रोटेरियन डा। पार्थिवेश्वर प्रसाद तिमिल्सिना, रोटेरियन युवराज अधिकारी, रोटेरियन इन्दिरा पराजुली, सचिव रोटेरियन सन्ध्या राजभण्डारी तथा अन्य रोटेरियनहरू सहभागी हुनु भएको थियो। कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष रोटेरियन लीलानाथ शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।
रोटरी क्लब अफ डिल्लीबजार सचिव रोटेरियन सन्ध्या राजभण्डारीले सबै सहभागी र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। सेवा परियोजना निर्देशक रोटेरियन डा। हरि कृष्ण बाँस्तोलाले आँखा स्वास्थ्यसम्बन्धी समस्याबारे प्राविधिक प्रस्तुति दिनुभएको थियो। पूर्व अध्यक्ष रोटेरियन डा. पार्थिवेश्वर तिमिल्सिनाले सामाजिक सेवाको महत्व र आफ्नो फाउन्डेशनको रोटरी क्लब अफ डिल्लिबजारसँगको सहकार्यबारे सम्बोधन गर्नुभयो। कार्यक्रममा ४६ भन्दा बढी सामुदायिक विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणबाट तालिम प्राप्त यी शिक्षक तथा स्वास्थ्यकर्मीहरूले आगामी दुई महिनाभित्र २२ वटा सामुदायिक विद्यालयका करिब १२ हजार विद्यार्थीहरूको आँखा परीक्षण गर्ने योजना छ। परीक्षणपछि, रोटरी क्लब अफ डिल्लिबजारले पहिचान गरिएका विद्यार्थीहरूको लागि ५ देखि ६ वटा आँखा स्वास्थ्य शिविर आयोजना गर्नेछ। यो परियोजना चन्द्रागिरी नगरपालिका, चन्द्रागिरी हिल्स, जीएमपीटी फाउन्डेशन, सहज फाउन्डेशन र कृष्णभक्त फाउन्डेशनको साझेदारीमा सञ्चालन भइरहेको छ। यस महत्वपूर्ण बाल आँखा स्वास्थ्य अभियानमा अन्य इच्छुक संस्थाहरूलाई पनि सहकार्यका लागि स्वागत गरिएको छ।