बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को नवौँ वार्षिक साधारणसभाले अधिकारकर्मी तिलोत्तम पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हेमराज जोसी र कुमारी ममता झा, महासचिवमा राजु घिमिरे, र कोषाध्यक्षमा सम्झनाकुमारी मल्ल निर्वाचित हुनुभएको छ । प्रदेश प्रतिनिधित्वअनुसार कार्यसमितिका सदस्यहरूमा: कोशीबाट गीता अधिकारी, मधेशबाट सञ्जयकुमार कुशवाहा, बागमतीबाट शिवप्रसाद खकुरेल, गण्डकीबाट केशवप्रसाद पौडेल, लुम्बिनीबाट शिवलाल पाण्डे, कर्णालीबाट केशव आचार्य र सुदूरपश्चिमबाट गीताकुमारी रावल निर्वाचित हुनुभएको हो ।
खुलातर्फका सदस्यमा पिङ्की सिङ राणा, शान्ताकुमारी दाहाल र कुन्जनी परियार प्यासी चयन हुनुभएको छ ।
मंगलबार राजधानीमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा चयन हुनुभएको पौडेलले बालबालिकालाई परिरहेको नयाँ चुनौतीसँग सामना गर्न सिजपले अभियानलाई अझ सशक्त बनाउने बताउनु भयो । उनले नयाँ कार्यसमितिमा सातै प्रदेश र समावेशी प्रतिनिधित्व भएकाले अभियानलाई विस्तार र प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभएको छ ।