सोमबार २९ मंसिर, २०८२

नेपाली समय

बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रमका लागि प्रस्ताव माग

बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रमका लागि प्रस्ताव माग
सुन्नुहोस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशभरका सबै स्थानीय तहहरुलाई ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यक्रम’ सञ्चालनका लागि प्रस्ताव पेश गर्न आवहन गरेको छ।

राष्ट्रिय बालश्रमसम्बन्धी मास्टर प्लान २०७५–२०८५ ले २०८२ सम्म सबै प्रकारका बालश्रम उन्मूलन गर्ने लक्ष्य तय गरेको छ। सोही लक्ष्यअनुसार स्थानीय तहलाई बालश्रममुक्त घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले विगतका वर्षहरूमा पनि सहयोग गर्दै आएको छ।

मन्त्रालयले बालश्रममुक्त घोषणा गर्न इच्छुक स्थानीय तहहरूले बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७६ अनुसार आत्ममूल्यांकन गरी आवश्यक प्रमाणसहित प्रस्ताव पेश आवहन गरेको छ । प्रस्ताव संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पेस गर्नुपर्ने र पेश गर्ने अन्तिम मिति २०८२०९१५ तोकिएको छ। हाद सम्म २०४ स्थानीय तह बालश्रममुक्त स्थानीय तह घोषणा भएका छन् ।